कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटियो पाकिस्तानमा


इस्लामाबाद – पाकिस्तानमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण भेटिएको छ । पहिलो पटक ओमिक्रोन पाकिस्तानमा देखिएको हो ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयले त्यहाँ कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण देखिएको पुष्टी गरेको छ । कराँचीका एक व्यक्तिमा ओमिक्रोन भेटिएको पाकिस्तानको स्वास्थ्य मन्त्रालयले हो ।

दक्षिण अफ्रिकाबाट सुरु भएको कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वको ६३ मुलुकमा फैलिएको छ । बेलायतमा नयाँ भेरियन्टले नराम्ररी असर पारेको छ ।

बेलायतमा सोमबार एक व्यक्तिको ओमिक्रोन संक्रमणका कारण मृत्यु भएको छ । बेलायतमा स्वास्थ्य संकटकालको समेत घोषणा गरिएको छ।

प्रतिक्रिया