नबिल बैंकद्वारा स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता


काठमाडौं – नबिल बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ । नबिल फेलोसिप कार्यक्रम आवासीय तालिममा आधारित हो ।

एक वर्षसम्मको आवश्यक सहयोगसहित ४० सहभागीलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।

उक्त कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्डअनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशीलताको तालिम दिइनेछ । उनीहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ ।

सम्भाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यो कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

प्रतिक्रिया