इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


काठमाडौं – इन्डोनेसियामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस) का अनुसार भूकम्प आएसँगै सुनामीको चेतावनी दिइएको छ ।

यद्यपि अहिलेसम्म मानवीय र अन्य क्षतिको कुनै विवरण आएको छैन। भूकम्पको केन्द्रविन्दु भन्दा एक हजार किलोमिटर वरपरको क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

यूएसजीएसले मानवीय क्षतिको सम्भावना कम रहेको बताएको छ । यद्यपि यसअघि पनि भूकम्पको कारण पहिरो तथा समुद्री आँधी जस्ता विपत्ति उत्पन्न हुँदै आएका थिए ।

भूकम्पपछि अहिले मानिसहरु सबै सडकमा निस्किएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ । गत वर्ष सुलावेसी टापुमा ७.५ म्याग्निच्युडको भूकम्प जाँदा ४३ सय मानिसको मृत्यु वा बेपत्ता भएका थिए ।

प्रतिक्रिया