राष्ट्रिय महिला लिग स्थगित

काठमाडौं – यही माघ १५ गतेदेखि शुरू हुने भनिएको राष्ट्रिय महिला लिग फुटबल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक सूचना सार्वजनिक गर्दै महिला लिग स्थगित भएको जनाएको छ।

एन्फाले यसअघि कार्यसमितिको बैठकबाट महिला राष्ट्रिय लिग उपयुक्त स्थनमा माघ १५ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । तर कोभिड १९ को कारण अर्को सूचना जारी नभएसम्मका लागि लिग स्थगित गरिएको एन्फाले जनाएको छ ।

‘एन्फाको आयोजनामा मिति २०७८ माघ १५ गतेदेखि सञ्चालन हुने भनिएको राष्ट्रिय महिला लिग २०७८ का खेलहरु कोभिड १९ महामारीका कारण अर्को सूचना प्रकाशित नभएसम्मलाई स्थगित गरिएको जानकारी गराइन्छ ।’

एन्फाले जारी गरेको सूचनामा भनिएको छ ।  महिला लिगमा ८ टिमको सहभागिता रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *