कोरोना अपडेट : सङ्क्रमणबाट हुने मृत्यु शून्य


काठमाडाैं – लगातार दोस्रो दिन आज बिहीवार पनि कोरोना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झरेको छ । पछिल्लो ४८ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान नगएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हिजाे बुधवार पनि काेराेनाबाट कसैकाे ज्यान गएकाे थिएन ।

यस्तै २४ घण्टामा एक सय १२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी विधिबाट नौ हजार तीन सय २८ जनाको नमुना परीक्षण गर्दा एक सय १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा चार सय २९ जना सङ्क्रमणमुक्त भएका छन् । याेसहित कोरोनाबाट निकाे हुनेकाे सङ्ख्या नौ लाख ६० हजार चार सय ९७ जना पुगेको छ ।

नेपालमा अब पाँच हजार तीन सय ४० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै २४ घण्टामा एक लाख २९ हजार दुई सय ८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया