भैरहवा विमानस्थलमा जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्दै
काठमाडौं – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ ।
जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्ने गरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ ।
प्राधिकरणका अनुसार जजिराले दैनिक एक नियमित उडान गर्नेगरी निवेदन दिएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत सिधा उडान गर्नेछ । जजिराले हाल काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ ।
हालै यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको गौतमबुद्ध विमानस्थलमा आगामी वैशाख १ गते नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले परीक्षण उडान गर्नेछ ।