कोरोना अपडेट : २४ घण्टामा ५८ संक्रमित थपिए, १४८ जना संक्रमणमुक्त


काठमाडाैं – पछिल्लो २४ घण्टामा ५८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१८ नमूना परीक्षणमध्ये ५० पीसीआर र ८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्मको मृत्यु संख्या ११ हजार ९५० छ ।मन्त्रालयका अनुसार थप १४८ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ६१ हजार २१८ पुगेको छ । हाल मुलुकभर ४ हजार ८१९ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया