कोरोना भाइरस : २४ घण्टामा २३ जनामा संक्रमण पुष्टि


काठमाडाैं – पछिल्लो २४ घण्टामा नेपालमा २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी ६ हजार नौ सय नौ जनाको नमुना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ६६ जना सङ्क्रमित निको भएसँगै अब नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको सङ्ख्या आठ सय ९९ जनामा झरेकाे छ । गएको २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

यही अवधिमा ३० हजार चार सय ४८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया