क्रिकेटर ऐरीको काँधको शल्यक्रिया, ६ हप्ता आराम गर्न सुझाव
काठमाडाैं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर कमलसिंह ऐरीको काँधको शल्यक्रिया गरिएको छ । कलङ्कीको नेपाल नेशनल अस्पतालमा आज आइतवार बिहान कमलको शल्यक्रिया भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
कमलको काँधको हड्डीमा लागेको चोट निको हुुन ६ हप्ता लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएकाे क्यानले जानकारी दिएको छ । त्रिदेशीय टी-२० शृङ्खला अन्तर्गत हिजो शनिवार मलेसियासँगको खेलका क्रममा कमलसिंह ऐरीलाई बलले काँधमा लागेको थियो ।
शृङ्खलामा नेपालले पपुवा न्युगिनी र मलेसियासँग भएका चार वटै खेल जितेको छ । यसैबीच त्रिदेशीय टी–२० शृङ्खलाकाे फाइनलमा भोलि साेमवार नेपालले पीएनजीसँग खेल्दैछ ।