नेपाल बारमा वृहत् लोकतान्त्रिकबाट घिमिरेकाे प्यानल नै निर्वाचित (मतसहित)


काठमाडाैं – नेपाल बार एसोसिएशनको चुनावमा सत्ता गठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेसहित प्यानल नै निर्वाचित भएको छ । घिमिरे वृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार बनेका हुन् ।

आज शुक्रवार सकिएको मतगणनाअनुसार नेपाली कांग्रेस निकट घिमिरेले चार हजार चार सय ७४ मत प्राप्त गरेका छन्। यस्तै महासचिवमा अन्जिता खनाल, कोषाध्यक्षमा भरतबहादुर राउत निर्वाचित भएका छन् ।

२५ सदस्यीय कार्यसमितिका लागि गएको १९ मा भएको चुनावमा सात हजार चार सय २९ मत खसेको थियो ।

प्रतिक्रिया