कोरोना भाइरस : थप ७ संक्रमित, २५ जना संक्रमणमुक्त


काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ६६८ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ५४५ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ४० हजार १४७ रहेको छ ।

पछिल्लो समय थप २५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६५ हजार ८४७ पुगेको छ । यो दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । सङ्क्रमणबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय ५० हजार ९३ ले खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ रहेको छ । होम आइसोलेशनमा ७१७ रहेका छन् भने संस्थागत आइसोलेशनमा ३०, आइसियुमा ११ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन् ।

प्रतिक्रिया