गोप्य सैन्य दस्ताबेजउत्तर कोरियालाई दिएको आशंकामा दुई जना पक्राउ


सोल – दक्षिण कोरियाको प्रहरीले सैन्य दस्ताबेज चुहावट गरेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ ।

उत्तर कोरियाली एजेन्ट भएकाे विश्वास गरिएका एक व्यक्तिलाई गोप्य सैन्य दस्तावेज चुहावट गरेको आशंकामा उनीहरूलाई गिरफ्तार गरेको दक्षिण कोरियाली प्रहरीले बिहीवार जानकारी दिएको छ ।

प्रहरीका अनुसार एक क्रिप्टोकरेन्सी एक्सचेन्जका प्रमुख कार्यकारी र एक सैनिक अधिकृतले दक्षिण कोरियाको संयुक्त सैन्य कमान्डको लगइन विवरणहरू चुहावट गरेका हुन् । यो काम गरेबापत तिनीहरूले ठुलो परिमाणमा पैसा लिएको अभियोग लगाइएको छ ।

सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धदेखि नै दुई कोरियाबीच तनाव र वैमनश्यता रहँदै आएको छ । साथै सो युद्ध कुनै शान्ति सम्झौतामा नभई युद्धविराममा मात्र टुङ्गिएकाले प्राविधिक रूपमा अझै पनि दक्षिण र उत्तर कोरिया युद्धरत रहेको मानिन्छ ।

प्रहरीका अनुसार गत जनवरी र मार्चकाे बीचमा एजेन्टलाई डाटा दिन ती अधिकारीले एउटा क्यामेरा र युएसबी उपकरण प्रयोग गरेका थिए । ती दुवैलाई यसै महिनाको सुरुमा गिरफ्तार गरिएको थियो । कथित उत्तर काेरियाली एजेन्टकाे परिचय र ठेगाना खुलाइएको छैन । बीबीसी

प्रतिक्रिया