असन्तुष्ट कांग्रेस कार्यकर्ताले पार्टीको प्रदेश कार्यालय तोडफोड

पाेखरा – नेपाली कांग्रेसको गण्डकी प्रदेश कार्यालय तोडफोड भएको छ। पोखराको विभिन्न वडाको नेतृत्व छाडेको भन्दै असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले पार्टीको प्रदेश कार्यालय तोडफोड गरेका हुन्।

आज पोखरामा गठबन्धनको पत्रकार सम्मेलनमा पनि उनीहरुले नाराबाजी गरेका थिए। पत्रकार सम्मेलन सकिएलगत्तै असन्तुष्ट कार्यकर्ताले प्रदेश कार्यालय पुगेर तोडफोड गरेका हुन्।

तोडफोडमा संलग्न २३ जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। तोडफोडबाट कार्यालयमा ठूलो क्षति भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *