निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गराउन टेवा पुर्‍याएका १० प्रहरी पुरस्कृत

काठमाडौं – बागमती प्रदेश प्रहरी कार्यालयले स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण एव त्रुटीरहित ढंगबाट सम्पन्न गराउन इमान्दारीपूर्वक ढंगबाट कार्यसम्पादन गर्ने प्रहरीलाई पुरस्कृत गरेको छ ।

कार्यालयले निर्वाचनलाई शान्तिपूर्ण एव त्रुटीरहित ढंगबाट सम्पन्न गराउन प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै शान्ति सुव्यवस्था कायम राख्ने कार्यमा सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक सम्पन्न गर्ने विभिन्न १० प्रहरीलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो ।

उनीहरुलाई जनही १५ सय रुपैयाँ प्रदान गरिएको छ । ५ वटा स्थानीय तह रहेको रसुवामा जिल्ला प्रहरी कार्यालय प्रमुख कुलदिप चन्दको नेतृत्वमा खटिएका सुरक्षा निकायद्वारा धाँधली रहित रुपमा निर्वाचन सम्पन्न गराएको थियो ।

त्यसैगरी, दोलखाका जिल्ला प्रहरी कार्यालय प्रमुख गंगा प्रसाद पौडेलको कमाण्डमा खटिएको सुरक्षा टोलीले जिल्लाका ९ वटै स्थानीय तहमा निर्वाचन भयरहित, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गरेका थिए ।

यी सहित अन्य ८ जिल्ला प्रहरी प्रमुखको टोलीको पनि निर्वाचनमा महत्वपूर्ण भूमिका रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *