आइएमईकाे अफर ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’
काठमाडौं – रेमिटेन्स कम्पनी आइएमईले स्थापनाको २२ औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा देशविदेशमा रहेका सम्पूर्ण सेवाग्राहीहरूलाई लक्षित गरि ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेकोे छ ।
योजना अन्तर्गत देश तथा विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट-सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी यो योजना अवधि भरी जम्मा २० जना विजेताहरूले स्मार्ट वाच र बम्परमा १ भाग्यशाली विजेताले सामसुङ एस२२ मोबाइल प्राप्त गर्न सक्नेछन् ।
यो योजनामा सहभागी भएका सेवाग्राहीहरू मध्ये कूल २१ जना विजेताहरू लाभान्वित हुनेछन् भने यसका विजेताहरू सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिनेछ । उक्त योजना आइएमई ग्रुपको काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा हालै आयोजित एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
कार्यक्रममा संक्षिप्त मन्तव्य ब्यक्त गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईको २२ वर्षसम्मको व्यवसायिक यात्राको यो विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका निर्वाह गर्ने आएको विश्वास व्यक्त गरे।
यो योजना जेठ १५ जेठदेखि १५ असारसम्म जम्मा ३० दिनका लागि कायम रहनेछ । यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू, वेब साइट एवम् सञ्चारको माध्यम मार्फत सार्वजनिक गरिनेछ । योजना अवधिका लागि निर्धारित सेवा वा शर्तहरू लागू गरिने कम्पनीले जनाएको छ ।