२७ गतेसम्म तारा एयरकाे पोखरा-जोमसोम उडान स्थगित

काठमाडौं – तारा एयरले एक साताका लागि पोखरा–जोमसोम–पोखरा उडान स्थगित गरेको छ।

तारा एयरले एक सूचना जारी गरेर विशेष कारणवस जेठ २० शुक्रबारदेखि २७ गतेसम्म नियमित उडान स्थगित गरिएको जनाएको हो।

गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइनएन–एईटी ट्विनअटर विमान मुस्ताङमा दुर्घटनामा परेपछि एक साताका लागि उडान स्थगित गरेको बताइएको छ।

सो दुर्घटनामा परी वरिष्ठ पाइलट प्रभाकर घिमिरेसहित चालक दलका तीन सदस्य र १९ यात्रुको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *