बढ्याे संक्रमण दर : थप २६ जनामा कोरोना संक्रमण, ९ जना निको


काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विगतका कयौँ सातायता न्यून संक्रमण रहेकाेमा पछिल्लाे दुई दिनयता बढ्न थालेको सङ्केत गरेको छ।

पछिल्लो २४ घण्टामा थप २६ जनामा कोभिड-१९ पुष्टि भएको छ । जुन की सोही अवधिमा निको हुनेको सङ्ख्या ९ रहेको छ ।

१०० भन्दा मुनि झरेको सक्रिय संक्रमितको सङ्ख्या समेत बढेर १११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ५ जनाको नमुना परीक्षण गरिएको थियो ।

प्रतिक्रिया