शंकास्पद अवश्थामा महिलाको शव फेला


काठमाडौं – काठमाडौंकाे बूढानीलकण्ठ नगरपालिका वडा नं ८ मा एक महिलाको शंकास्पद शव फेला परेको छ । उक्त शवको पहिचान भइसकेको छ ।

बूढानीलकण्ठ नगरपालिकाकै वडा नं ३ बस्ने फुलमाया सुनारको शव वडा नं ८ मा पर्ने भंगालमा फेला परेको हो ।

मृत्युको कारण खुल्न नसके पनि महिलाले लगाएको भित्री बस्त्र च्यातिएको अवस्थामा भेटिनुले बलात्कारपछि हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

घटनामा शंकास्पद एक एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया