बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन्। रामेछाप लिखु तामाकोशी गाउँपालका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

उच्च अदालत पाटनको २०७८ चैत ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १० लाख १२ हजार रुपैयाँ जरिवाना ठहर गरेपछि उनी फरार भएका थिए। उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं तीनकुनेबाट पक्राउ गरेको हो।

खड्काले प्रभु बैंक लिमिटेड कोटेश्वर शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदैन पनि पीडितलाई झुक्याएर चेक लिएर रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *