५९० एम्पुल लागूऔषधसहित फर्पिङ बसपार्कबाट अन्सारी पक्राउ


काठमाडौं – प्रहरीले फर्पिङ बसपार्कबाट ५९० एम्पुल लागू औषधसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका-९ रामपुर बस्‍ने २४ वर्षीय इन्ताज अन्सारी रहेका छन् ।

सोमबार १२ बजेको समयमा कलैयाबाट काठमाडौं आउँदै गरेको ना १ ज ५९५८ नं.को टाटा सुमोलाई चेकजाँ गर्ने क्रममा उनको झोलाबाट लागू औषधहरु फेला परेपछि उनी पक्राउ परेका हुन् ।

प्रहरीले उनको साथबाट १९२ एम्पुल डाइजेपाम, १९९ एम्पुल नूफिन र १९९ एम्पुल फेनेरगन गरी जम्‍मा ६९० एम्पुल लागूऔषध बरामद गरेको छ । पक्राउ परेका उनीमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी वृत्त किर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया