प्रेस युनियन निर्वाचन : समितिले घटायो उम्मेदवारी दर्ता शुल्क


हेटौंडा – नेपाल प्रेस युनियनको महाधिवेशन निर्वाचन समितिले उम्मेदवार दर्ताको लागि निर्धारण गरिएको शुल्क घटाएको छ । निर्वाचन समितिले निर्धारण गरेको शुल्क अस्वभाविक बढी भएको भन्दै उम्मेदवारहरुले विरोध जनाएपछि मनोनयन दस्तुर घटाइएको हो ।

प्रेस युनियनको महाधिवेशन निर्वाचन समितिले यसअघि अध्यक्ष पदको उम्मेदवारले ३० हजार, वरिष्ठ उपाध्यक्षले २५ हजार, उपाध्यक्षले २० हजार, महासचिवले २५ हजार दस्तुर निर्धारण गरेको थियो ।

त्यस्तै, उपमहाचिवले २० हजार, सचिवले २० हजार, कोषाध्यक्षले २० हजार, केन्द्रीय सदस्यले १५ हजार, केन्द्रीय लेखा समिति संयोजकले २० हजार र केन्द्रीय लेखा समिति सदस्य उम्मेदवारले मनोनयन दस्तुर बुझाउनुपर्ने जनाएको थियो ।

विरोधपछि दस्तुर हेरफेर गर्दै समितिले अध्यक्षका उम्मेदवारका लागि २० हजार, अन्य पदाधिकारी सहित लेखा समिति संयोजकलाई १० हजार र सदस्यलाई ५ हजार कायम गरिएको निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जानकारी दिए । उम्मेदवार दरखास्तका लागि बेलुकी ५ बजेसम्मको समय तोकिएको निर्वाचन समितिका संयोजक पोखरेलले जानकारी दिए । मतदान शनिबारका लागि तय गरिएको छ ।

आठ वर्षपछि प्रेस युनियनको ९ औं महाधिवेशन हेटौंडामा सुरु भएको हो । शुक्रबार देखि सुरु भएको निर्वाचनमा कांग्रेसको संस्थापन पक्षबाट अनिता बिन्दू र इतरबाट शिव लम्सालले प्यानल बनाई प्रतिस्पर्धा गर्न लागेका छन् ।

उम्मेदवारी दर्ता शुल्क :

प्रतिक्रिया