कोरोना अपडेट : थप ६ सय २० नयाँ संक्रमित, एकको मृत्यु


काठमाडौं – पछिल्लाे २४ घण्टामा थप ६ सय २० नयाँ संक्रमित फेला परेका छन् । देशभर पाँच हजार ८ सय ४६ जनाको कोरोना परीक्षण गर्दा एकैदिन ६ सय २० जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट १ जनाको मृत्यु भएको छ। त्यस्तै, २९७ जना कोरोनामुक्त भएका छन्।

हाल सक्रिया संक्रमित ४ हजार ५ सय ६७ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया