यूराेप पठाइदिने भन्दै ७ लाख लिएर बेपत्ता महिला पक्राउ
काठमाडौं – वर्किङ भिसामा क्यानडामा पठाइदिने भन्दै ७ लाख रुपैयाँ लिएर फरार भएको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
सिन्धुपाल्चोकको बाह्रबीसे स्थायी घर भई काठमाडौं महानगरपालिका- ६ बस्ने ४७ वर्षीय छिरिङ डोल्मा शेर्पा पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार शेर्पाले क्यानडामा वर्किङ भिसामा जान १४ लाख रुपैयाँ लाग्ने भन्दै ७ लाख रुपैयाँ लिएपछि सम्पर्कविहीन भएकी थिइन् । पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि पक्राउका लागि प्रहरीलाई पत्राचार गरिएको थियो ।