बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडाैं – प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई पक्राउ गरेको छ ।

भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेका अनुसार बैंकिङ कसूर तथा चेक अनादर मुद्दामा उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट ५८ लाख ९६ हजार ५०० रुपैयाँ जरिवाना र १ महिना १५ दिन कैद फैसला भएकामा थापालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले थापालाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेको जनाइएको छ । कैद र जरिवाना भुक्तानका लागि अदालतबाट कैदी पुर्जी जारी गरी कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया