स्वास्थ्यमन्त्री खापुङ अस्पतालमा
काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ वीर अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि खापुङलाई शुक्रबार अस्पताल भर्ना गरिएकाे हाे ।
खापुङलाई रिंगटा लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव भगीश्वर लिम्बूले जानकारी दिए ।
उनका अनुसार मन्त्री खापुङको भीआईपी कक्षमा राखेर उपचार भइरहेको छ । मन्त्री खापुङ बिहीबारमात्रै गृहजिल्ला तेह्रथुमसहित पूर्वका जिल्ला भ्रमण गरेर काठमाडौं फर्किएका थिए ।