देशभर थप ४ सय ४४ जना संक्रमित, ३ जनाको मृत्यु


काठमाडाैं – पछिल्लो २४ घण्टामा मुलुकभर ४४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ९५४ नमूना परीक्षण गर्दा ४४४ जनामा कोरोना देखिएको हो।

मन्त्रालयका अनुसार एक हजार ९९६ जनाको पीसीआर परीक्षण गर्दा २११ जनामा र दुई हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा कोरोना पुष्टि भएको हो।

१ हजार ८०६ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा २४५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या पनि चार हजार १९९ पुगेको छ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९९८ पुगेको छ। पछिल्लो २४ घण्टामा ३०७ जना निको भएका छन्।

 

प्रतिक्रिया