टी-२० शृङ्खलामा केन्यालाई ३१ रनले हराउँदै नेपाल विजयी
काठमाडाैं – टी-२० शृङ्खलाको पाँचाैँ तथा निर्णायक खेलमा नेपाल विजयी भएकाे छ । केन्यालाई ३१ रनले हराउँदै नेपाल शृङ्खला जितेकाे हो । नेपालले दिएकाे एक सय ७६ रनकाे लक्ष्य पछ्याएकाे केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रन बनायाे ।
केन्याका लागि नेहेमिह ओधिआम्बाेले ३७ र शेम एनगाेचेले ३३ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसिर अहमदले दुई/दुई विकेट लिए । रोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायाे ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९, राेहित पाैडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेल, शेम एनगाेचे र नेहेमिह ओधिआम्बाेले दुई–दुई विकेट लिए ।
यसअघि शृङ्खलामा नेपालले पहिलाे र तेस्राे खेल जित्दा केन्याले दाेस्राे र चाैथाे खेल जितेकाे थियाे । नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एकदिवसीय शृङ्खला पनि खेल्नेछ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ ।