गोरखा-१ बाट सुदन गुरुङ निर्वाचित, प्रत्यक्षमा रास्वपाको १२५ सिट

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर १ बाट सुदन गुरुङ निर्वाचित भएका छन् । गुरुङको जीत संगै रास्वपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय २५ सिट ल्याएर पहिलो पाटी बनेको छ ।

रास्वपाका गुरुङले २९ हजार ८९६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले १५ हजार ३ सय ९८ मत मात्र पाए ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् एकाएक चर्चामा आएका गुरुङले नेतृत्वविहीन आन्दोलनको मोर्चा सम्हाल्दै नेतृत्व दिनेमा अगाडि देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *