पाँच एसएसपीको डीआईजीमा बढुवा, दुई जनाको सरुवा


काठमाडाैं – राष्ट्रिय अनुसन्धान विभागमा पाँच जना एसएसपी डीआईजीमा बढुवा भएका छन् । उनीहरूको डीआईजीसरहको अनुसन्धान निर्देशक पदमा बढुवा भएको हो।

बढुवा हुनेमा ओम खड्का, कृष्ण खनाल, रामप्रसाद दाहाल, प्रजेशसिंह हमाल र भीमबहादुर बुढाथोकी छन्। बढुवासँगै चार जनाले प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन्।

खड्कालाई सुदुरपश्चिम, खनाललाई प्रदेश नम्बर १, दाहाललाई कर्णाली तथा हमाललाई प्रदेश नम्बर २ को जिम्मेवारी दिइएको छ। बुढाथोकीको भने प्रधान कार्यालयमै पदस्थापन भएको छ।

त्यस्तै दुई डीआईजीको सरुवा पनि भएको छ। प्रदेश नम्बर १ मा कार्यरत प्रकाश पाण्डेको बागमती तथा सुदुरपश्चिममा कार्यरत मधु कार्कीको गण्डकीमा सरुवा भएको छ ।

डीआईजी बढुवासँगै गुप्तचरमा लामो समयदेखि रोकिएको बढुवाको जाम खुलेको छ । तल्लो तहमा भने विभागमा नयाँ प्रमुख नियुक्ति भएपछि मात्र बढुवा हुने सम्भावना छ । हालका प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउँदैछन् ।

प्रतिक्रिया