अदालतको अन्तरिम आदेशले मेयर शाह आक्रोशित !
काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अदालतको अन्तरिम आदेशले आक्रोशित बनेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन् – फेरि पनि नदिमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ , अदालतले टुकुचा( इछुमती ) नदिलाई खोला भन्न सक्दैन भने , नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?
उच्च अदालत पाटनले टुकुचा खोला वरपरको संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि मेयर शाहले अदालतलाई प्रश्न गरेका हुन् ।
बुधबार २३ वटा रिट निवेदनमाथि सुनुवाई गर्दै अदालतले टुकुचामाथि बनेका उक्त घर तथा जग्गालाई कुनै क्षति पुग्ने गरी कार्य नगर्न काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ।