दुई तलामाथिबाट खसेर मजदुरको मृत्यु


विराटनगर – निर्माणाधीन घरको दोस्रो तालाबाट घाइते भएका एकजना मजदुरको उपचारका क्रममा मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका-७ मा मुकेश पोठारीको निर्माणाधीन घरको दुई तलामाथिबाट खसेर घाइते भएका मोरङको जहदा गाउँपालिका–४ का ४० वर्षीय अशोक पञ्जियारको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार काठको काम गर्ने क्रममा गत सोमबार निर्माणाधीन घरको माथिबाट खसेर पञ्जियार घाइते भएका थिए । विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोसी अस्पतालमा पोस्टमार्टम गरेर अन्त्येष्टिका लागि शव परिवारलाई जिम्मा लगाइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया