दशैं छेकाे पारेर चलचित्र ‘संघार’ प्रदर्शन

काठमाडाैं – चलचित्र ‘संघार’ प्रदर्शनमा आउँदैछ । लेखक तथा साहित्यकार प्रयास दुमी राई निर्देशित चलचित्र ‘संघार’ दशैं र तिहारलाई लक्षित गरी प्रदर्शन गर्न लागिएकाे हाे ।

चलचित्र दशैंलाई छेकाे पारेर खाेटाङ ऐसेलुखर्क, उदयपुर चौदण्डीगढीका दर्जनाैँ स्थानहरूमा र आसपासका जिल्लामा समेत प्रदर्शनमा आउनेछ ।

तत्‌पश्चात् चलचित्र संघीय राजधानी काठमाडाैंमा प्रदर्शनमा आउने निर्देशक प्रयासले बताए । ‘त्यसपछि विदेशमा पनि पूर्वका स्थानहरू प्रदर्शन भइसकेपछि प्रदर्शन हुनेछ,’ प्रयास भन्छन्, ‘चलचित्रबारे सुखद् प्रतिक्रियाकाे अपेक्षा गरेका छाैँ।’

संघार नामजस्तै न भित्र, न बाहिरकाे कथा भएकाे निर्देशक प्रयास बताउँछन् । ‘न भित्र, न बाहिर; संघारमा च्यापिएका भुइँ मान्छेहरूका कथा हाे – संघार,’ उनले भनेका छन् ।

चलचित्रमा अस्मिता राई, प्रयास दुमी राई, अरुण राई, सुश्मा राई, दुर्गा वान्तावा राई, मनाेज राई, अनिशा चाम्लिङ, विवेक दुमी राई, सम्झना राई, उदित राई, पेशल राई, बबिना राईलगायत कलाकारका रूपमा देखिनेछन् ।

यस्तो छ चलचित्रको ट्रलेर :

https://www.youtube.com/watch?v=13Yt7tScOog

Leave a Reply

Your email address will not be published. Required fields are marked *