गजुरी तनावपछि बन्द भएको पृथ्वी राजमार्ग सुचारु


धादिङ – धादिङको गजुरीमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि बन्द भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

आफन्त र स्थानीयवासीकाे सहमतिमा ज्यान गुमाएका विद्यार्थीको शव उठाएपछि गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनएको छ ।

आज बिहीवार काठमाडाैंबाट गोरखाका लागि छुटेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षका बालक विजय परियारको ज्यान गएपछि स्थानीयवासीले सडक बन्द गरेर प्रर्दशन गरेका थिए ।

उनीहरूले ठक्कर दिने बसमा पनि आगजनी गरेका थिए । सहमति भएसँगै अहिले रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । गाडी चल्न थाले पनि जाम भने अझै कम हुन सकेको छैन ।

प्रतिक्रिया