आज विजया दशमी, टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

काठमाडौं – विजयादशमी टीकाको साइत आज बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

आज बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।

यद्यपि दसैंको टीका दिनभर लगाउन सकिने समेत समितिले बताएको छ। टीका लगाउने मानिस पूर्व फर्किएर कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ।

असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ। यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दसैं पर्व समापन हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *