देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – देशभर थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १३३० नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८६४ र एन्टिजेनबाट ४६६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १२ र एन्टिजेनबाट २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप २० जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४९१ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *