भक्तपुरमा सवारी दुर्घटना :एक जनाको मृत्यु

भक्तपुर – भक्तपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

गएराति भक्तपुर नगरपालिका वडा-१ नगरकोट मोडमा बा ४ ख ४२ ६८ नम्बरको पानी ट्यांकर र बाग्मती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीका साजन दुवारीको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो।

झापाको विर्तामोड नगरपालिका–२ घर भइ भक्तपुरको मध्यपुर थिमि बस्दै आएका अनिल साह घाइते भएका छन्। उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ट्यांकर चालक भक्तपुरको ब्यासीका प्रविण सुवाल पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *