प्रदूषण जाँचका क्रममा ३८ वटा सवारी साधन कारबाहीमा

काठमाडाैं – काठमाडौंको किर्तिपुर र चावहिलमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका तथा अत्यधिक धूवाँ फाल्ने ३८ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ ।

अत्यधिक धूवाँ फाल्ने १५ वटा र यान्त्रिक अवस्था ठीक नभएका २३ वटा सवारी साधनका चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

वातावरण विभाग बबरमहल तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले कीर्तिपुरमा ४५ वटा सवारी साधनलाई चेक गर्दा अत्यधिक धूवाँ फाल्ने १५ वटा कारबाहीमा परेका हुन् ।

त्यस्तै दक्ष तालिम प्राप्त प्राविधिकसहितको टोलीद्वारा काठमाडौंको चावहिलमा गरिएको ११३ वटा सवारी साधन चेकिङमा हेण्डब्रेक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठीक नभएका २३ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो । सवारी साधन मर्मत पश्चात् तोकिएको जरिमाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *