विद्युत सवस्टेशनको पर्खाल खसेर बारामा एकको मृत्यु

बारा – विद्युत सवस्टेशनको पर्खाल खस्दा बाराको जितपुर सिमरामा एक जनाको मृत्यु भएको छ।

जितपुर सिमरा उपमहानगरपालिका–२३ मा रहेको विद्युत प्राधिकरणको सवस्टेशनको पर्खाल खस्दा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा काभ्रेको पनौती नगरपालिका–९ बस्ने ३० वर्षका सुनिल राई रहेको प्रहरीले जनाएको छ।

सवस्टेशनमा ठेक्कामा काम गर्ने राईले कन्ट्रोल रुमको पर्खालको इँटा फुटाउने क्रममा पर्खाल खस्दा उनी घाइते भएका थिए। घाइते भएका राईलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *