इरानमा मृत्युदण्डको सजाय पाएकाको परिवारसँग अन्तरवार्ता लिने पत्रकार पक्राउ
काठमाडाैं – मृत्युदण्डको सजाय पाएका प्रदर्शनकारीका परिवारसँग अन्तरवार्ता लिने एक इरानी पत्रकारलाई पक्राउ गरिएको उनकी श्रीमती र इरानी मिडियाले बताएका छन् ।
मेहदी बेकलाई बिहीबार राति हिरासतमा लिइएको सुधारवादी अखबार एतेमादले जनाएको छ । उनी सोही अखबारमा काम गर्छन् ।
उनको गिरफ्तारीको कारण थाहा छैन । सरकार विरोधी प्रदर्शनकारीमाथि चरम दमन भइरहेका बेला उनको गिरफ्तारी भएको हो । प्रहरी हिरासतमा एक इरानी कुर्दिश महिलाको मृत्यु भएपछि इरानमा महिनौंदेखि चलिरहेको विरोध प्रदर्शनले हलचल मच्चाएको छ।
प्रदर्शनका क्रममा ४०० भन्दा बढीको मृत्यु भएको छ भने हजरौँ पक्राउ परेका छन् । प्रदर्शनप्रति विभिन्न पेसा र वर्गका मानिसले ऐक्यबद्धता जनाएका छन् । एजेन्सी