कोरोना भाइरस : थप ४ जनामा संक्रमण पुष्टि, २ निको


काठमाडौं – थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट २०२३ नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६८३ र एन्टीजेनबाट १३४० जनाको परीक्षण गर्दा ४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा २ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

प्रतिक्रिया