नेप्से परिसूचक ९ अंकले गिरावट, झण्डै ५ अर्बको कारोबार

काठमाडौं – सेयर बजारमा सामान्य करेक्सन आएको छ। आज नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३.१० विन्दुमा अडिएको छ। बजारमा करेक्सन आएपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ। आज करिब ५ अर्बको सेयर कारोबार भएको छ।

अघिल्लो कारोबार दिन मंगलबार साढे ३ अर्ब मूल्य बराबरको कारोबार भएको थियो। यसदिन २४८ कम्पनीको १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँको सेयर किनबेच भयो।

चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्यो। कारोबार रकमका आधारमा रिडी पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३५ करोड बढिको सेयर कारोबार भयो। यस्तै,अपी पावर र नेसनल हाइड्रोपावर कम्पनी क्रमश १९ करोड र १४ करोड माथिको सेयर कारोबार गरी दोस्रो र तेस्रो स्थानमा रहे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *