अभिनेत्री मानन्धरद्वारा खनालविरुद्ध साइबर ब्युरोमा उजुरी


काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन् । अभिनेत्री मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै खनालविरुद्ध उजुरी दिएकी हुन् ।

करिश्माले फेसबुकमार्फत पनि उजुरी दिएको जानकारी गराएकी छन् । युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिएका थिए ।

‘प्रेम दाइ, भन्नुस् म कसरी बसेको थिएँ ? लिभिङ टुगेदर ? म मेरो संसारमा खुसी छु’ लेख्दै करिश्माले फेसबुकमा आक्रोश व्यक्त गरेकी छन् ।

करिश्माको फेसबुकबाट:
उहाँ को हो ?
यो अत्ति भयो .
भैहाल्यो भने !!
कलाकारलाई येस्तै भन्छन् भने सहे !!
सहे ।
हिजो साइबर ब्युरोमा निवेदन हालेको छु ।
हेरु नेपाल को कानुन कत्तिको बलियो छ ।
Prem dai भन्नुस म कसरी बसेको थियो ?
living together ??
म हिन्दु हु ।
यो विचारलाइ नै विस्वास न गर्ने व्यती हु ।
यो अती भयो ।
म मेरो संसारमा खुसी छु ।

प्रतिक्रिया