उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित
काठमाडौं – सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरिएको छ । बिहीबार अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक स्थगित गरिएको हो ।
बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।
राष्ट्रपति, सुदूरपश्चिम सरकारलगायतका विषयमा छलफल गर्न संयन्त्रको बैठक बोलाइएको थियो ।