ट्राफिक नियमले सास्ती बनाएको भन्दै यातायात मजदुरहरूले जलाए प्रहरीको गाडी
काठमाडौं – यातायात मजदुरहरूले बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन्। यातायात मजदुरहरूले ट्राफिक नियमविरुद्ध प्रदर्शन गरेका हुन्।
बीच सडकमा सवारी साधन तेर्साएर बालाजु चोकमा मजदुरहरू प्रदर्शनमा उत्रिएका छन्। जसका कारण यातायात सेवा नै अवरुद्ध बनेको हो।
ट्राफिक नियम मजदुरमैत्री नभएको भन्दै बालाजु चोकदेखि माछापोखरीसम्म सडक अवरुद्ध भएको हो। ट्राफिकले मनपरी चिट काटेको मजदुरहरूको गुनासो छ।
आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाई दिएका छन् । यातायात व्यवसायी तथा मजदुरहरूले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गरेपछि झडपको अवस्था सिर्जना भई प्रदर्शन उग्र बन्दै गएको हो ।
उनीहरूले गौशाला, चक्रपथलगायतका स्थानमा सडकमै गाडी तेर्साएर ट्राफिकले मनपरी गरेको भन्दै प्रदर्शन गरेका छन्।