तरकारीका ‘क्रेट’भित्र लुकाएर भित्रिन्छ लागुऔषध
काठमाडौं – तस्करले तरकारीको क्रेटभित्र लुकाएर नेपालमा अवैध लागुऔषध भित्र्याउने गरेको खुलेको छ। झन्डै ३८ लाख मूल्य बराबरको अवैध लागुऔषध बुप्रेनोर्फिन, डाइजपाम, फेनारगन र नाइट्रभेट बरामद भएपछि यो तथ्य खुलेको हो।
तस्करले उक्त लागुऔषध तरकारीको क्रेटभित्र लुकाई नेपाल भित्र्याएका थिए। उक्त लागुऔषध बिक्री गर्ने मूल्य डिलर सोलुखुम्बु दुधकोसी गापा–४ का ३५ वर्षीय लाक्पा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनका साथबाट लागुऔषध खरिदपछि भुक्तान गर्न ठीक पारिएको चार लाख ५ हजार रुपैयाँ पनि बरामद गरेको छ।
प्रहरीका अनुसार लाक्पाले सुन्धारास्थित कोठामा लागुऔषध लुकाएर राखेका थिए । लागुऔषध नियन्त्रण ब्युराेको प्रमुख एसएसपी विकासराज खनालले लागुऔषध कारोबारकै लागि उनले उक्त कोठा भाडामा लिएर राखेको बताए।
पक्राउ परेका लाक्पा यसअघि हातहतियार तथा खरखजना मुद्दामा जेल बसेर छुटेका अभियुक्त हुन्। ब्युरोले भारतबाट नेपालमा लागुऔषध पठाउने धन्दामा संलग्न अभियुक्तलाई पनि पक्राउ गरेको छ।
लागुऔषध हस्तान्तरण भएको सूचनापछि रकम बुझ्न अहमद आफैँ काठमाडौं आउँथे। यही क्रममा प्रहरीले उनलाई गत २५ माघमा सुन्धाराबाट पक्राउ गरेको थियो।