चार हजार बढी दुई पाङग्रे सवारी चालकलाई कारबाही

काठमाडौं – सडकमा अनावश्यक रोकेर बस्ने राइड सेयरिङ गर्ने दुईपाङग्रे सवारी साधनका ४ हजारभन्दा बढी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

गत मंसिर २७ गतेदेखि सुरु भएको यस अभियानमा मंगलबारसम्म ४ हजार एक सय ९० जना चालक कारबाहीमा परेका हुन्।

राइड सेयरिङ गर्ने मोटरसाइकल तथा स्कुटर सडकमा अनावश्यक रोकेर राख्नाले ट्राफिक व्यवस्थापनका साथै सवारी अवागमनमा बाधा पुग्ने भएकाले राइड सेयर कारबाही अभियानलाई तीव्रता दिइएको समेत प्रहरी बरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *