आईओसीले पठायो पेट्रोलियम पदार्थको घटेको मुल्यसूची
काठमाडौं – भारतबाट पेट्रोलियम पदार्थको मुल्य घटेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको निगमले जनाएको छ ।
आईओसीले नेपाल आयल निगमलाई १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँछ । सो नयाँ मूल्यअनुसार निगम र आईओसीबीचबीच कारोबार हुन्छ । अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने गरेको कच्चा तेलको मूल्यमा आईओसीले पठाउने मूल्य निर्भर रहन्छ ।
विगतमा भएको सञ्चित नोक्सानीका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ भने आईओसीलाई करिब ११ अर्ब बक्यौता तिर्न बाँकी रहेको जनाएको छ ।