भारतबाट २ रुपैयाँ ५१ पैसा बढेर आयो पेट्रोल, डिजेलको मूल्य घट्यो
काठमाडौं – भारतबाट डिजेलको मूल्य घटेर आउँदा पेट्रोलको भने बढेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो।
आईओसीले अंग्रेजी महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउने गर्दछ। निगमका अनुसार डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको हो। तर, पेट्रोलमा भने प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको छ।
नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको लागत १६५ रुपैयाँ ४२ पैसा र डिजेलको लागत १६३ रुपैयाँ ६४ पैसा पर्नेछ। उपभोक्ताले पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजेल १७२ रुपैयाँ प्रतिलिटरमा खरिद गरिरहेका छन्।
यसैगरी हवाई इन्धनको लागत पनि १ रुपैयाँ ६९ पैसाले घटेको छ। निगमले हरेक १५ दिनमा प्राप्त नयाँ लागतअनुसार नेपाल इन्धनको भाउ समायोजन गर्ने गर्दछ।