रहेनन् नेपालको पहिलो रक गायक खड्का

काठमाडाैं – नेपालका प्रथम रक गायक तथा सञ्चारकर्मी माइक (मुकुन्द) खड्काको बिहीबार बिहान निधन भएको छ। स्पाइनल कर्डको क्यान्सरसँग जुध्दै आएका ६९ वर्षीय खड्काको आफ्नै निवास पुल्चोकमा निधन भएको हो ।

खड्का नेपाली, अंग्रेजी, हिन्दी गीत संगीतका ज्ञाता थिए भने जनमानसमा नेपालका एल्भिस प्रेस्लेका रुपमा चिनिन्थे। उनले विधिवत् रुपमा शास्त्रीय गायक रंगराव कादम्बरीबाट संगीत सिकेका थिए भने गायक ओमविक्रम विष्ट, अरुण थापा, दिव्य खालिंगसित सांगीतिक सहकार्य गरेका थिए। केही अंग्रेजी गीत रेकर्ड गराएका खड्काले सो अल्बम रिलिज गर्न भने पाएनन्।

नेपालको पुरानो सांगीतिक ब्यान्ड फ्रिडमसँग पनि सहकार्य गरेका उनी संगीतसम्बन्धी एउटा पुस्तक लेख्ने तयारीमा थिए। ललितपुर जाउलाखेलमा जन्मिएका खड्का क्लासिक एफएमका निर्देशक हुन्। उक्त एफएममा उनी स्वयम् कार्यक्रम सञ्चालक पनि थिए। उनका पत्नी र छोरा राजीव छन्। उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *