आजको माैसम : प्रदेश १ मा चट्याङसहित वर्षाको सम्भावना
काठमाडाैं – प्रदेश नम्बर १ मा आज शुक्रवार मेघगर्जन/चट्याङको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार प्रदेश १ का केही क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ । अब बिस्तारै प्रि-मनसुनी गतिविधि सुरु हुने मौसमविद्ले बताएका छन् ।
हिउँदयाम सकिएपछि प्रि-मनसुन सुरु हुन्छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । हिउँदयाम सकिन अब पाँच दिनमात्रै बाँकी छ । यसपालिको हिउँदमा खासै वर्षा हुन सकेको छैन । यसले गर्दा सुक्खा बढाएको छ ।
प्रि-मनसुनमा सुक्खा हुने, चट्याङ पर्ने, तीव्र गतिमा हावाहुरी चल्ने र आगलगाीका घटना बढ्ने भएकाले सचेत रहन मौसमविद्को सुझाव छ ।